Monday, February 14, 2011

लघुवित्त बिमा समितिको प्राथमिकतामा

काठमाडौ, फाल्गुन १ -
बिमा समितिले कृषि तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने लघु वित्त संस्थाहरूलाई प्राथमिकतामा राख्ने योजना बनाएको छ ।

समितिले लघु बिमा प्रवद्धर््रनका लागि कार्ययोजना बनाउन जीवन बिमा र गैरजीवन बिमा कम्पनीका प्रतिनिधि समावेश तीन सदस्यीय कमिटीसमेत गठन गरेको छ । समितिका अध्यक्ष फत्तबहादुर केसीका अनुसार लघु बिमाका लागि निश्चित क्षेत्र पहिचान गरी समावेश गर्ने नीति छिट्टै बनाइनेछ ।

कमिटीले अध्ययनपछि बिमा कम्पनीको पुँजी कति हुने र पि्रमियमको सीमालाई समेत सिफारिस गर्नेछ । त्यस्तै पशु बिमा र स्वास्थ्यबाहेक अन्य कुनकुन क्षेत्रलाई समावेश गर्न सकिनेबारे सुझाव दिने केसीले बताए ।

हाल २५ कम्पनीले बिमा सुविधा दिइरहेका छन् । यसमध्ये आठ जीवन बिमा र १६ ले गैरजीवन बिमाको सुविधा दिइरहेका छन् । राष्ट्रिय बिमा संस्थानले भने यी दुवै थरीको बिमा गर्दै आएको छ ।

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=236675

No comments:

Post a Comment