Monday, November 21, 2011

मकालु एयरको जहाज दुर्घटना, पानी हालेर निभाइयो

सुशील भट्टराई/तुफान न्यौपाने, काठमाडौं/जुम्ला, मंसिर ५- नेपालगञ्जबाट मुगुको ताल्चा गएको मकालु एयरको जहाज दुर्घटनामा परेको छ। ताल्चा बिमानस्थलमा अवतरण गरेपछि जहाज धावनमार्गबाट बाहिर पुगेको सम्बद्ध एक अधिकारीले जानकारी दिए।
सिंगल इन्जिन जडित उक्त जहाजले चार्टर्ड उडान गर्दै ताल्चा गएको थियो। दुर्घटनामा मानवीय क्षती भएको छैन।
मुगुमा विमान दुर्घटना, पाईलट घाईते
९ एन ए जे एन कल साइनको उक्त जहाज नेपालगञ्जवाट चार्टर फ्लाईटमा ९ यात्रु बोकेर ताल्चा उडेको उक्त विमानको अवतरणका क्रममा ब्रेक नलागेर दुर्घटना भएको मुगुका प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्रीले जानकारी दिए।
सुर्खेतवाट ४ बजे उडको उक्त विमान साढे ४ वजे दुर्घटना हुँदा क्याप्टेन प्रदीप जंग शाह गम्भीर घाइते भएका छन्। विमानमा अर्का पाइलट एस लामा ९ यात्रु सहित ११ जना सवार थिए। घाइते क्याप्टेनको उपचारका लागि सदरमुकाम गमगढीबाट चिकित्सकहरुको टोली पठाइएको छ। सदरमुकामवाट विमानस्थल पुग्न २ घण्टा लाग्छ। ढुंगामा ठोक्किएर जहाजको अगाडिको भागको पंखामा क्षति पुगेको छ। दुर्घटना पछि विमानमा आगो सल्किएको थियो। धावनमार्ग नजिकै भएका कारण सुरक्षाकर्मी र स्थानीयले गाउँलेका घरबाट पानी लिएर आगो नियन्त्रणमा लिएको ताल्चा विमानस्थल प्रमुख भिम दत्त पन्तले जानकारी दिए। २ जना यात्रुलाई चोट लागेको छ भने अन्य यात्रु सकुशल छन्। चोट लागेकाहरुलाई पनि सामान्य मात्रै चोट लागेकाले हिँडडुल गर्न सक्ने अवस्थामा रहेको विमानस्थल प्रमुख पन्तले जानकारी दिए ।

http://www.nagariknews.com/society/nation/33405-2011-11-21-11-11-46.html

No comments:

Post a Comment