- कुराकानीको शुरुमा उनले एउटा नीतिकथा सुनाए- 'एउटा मुसा निकै बुद्धिमानी थियो । उसले आफ्नी छोरी निकै राम्री भएको घमण्डले मुसासँग बिहे नगराई सबैभन्दा शक्तिशालीसँग बिहे गराउने निश्चय गरेछ । उसले संसारका जिवात्माहरुमा को ठुलो भन्ने खोज्दै जाँदा जनावरहरुभन्दा नि माथी सुर्यलाई ठुलो मानेर उसलाई आफ्नो छोरीसँग बिवाह गर्ने प्रस्ताव लगेछ । सूर्यले भनेछ- 'म ठुलो त हुँ तर के गर्नु मलाई पनि पहाडले छेकिदिन्छ ।'
- त्यसपछि मुसाले पहाडकहाँ छोरीको बिहे प्रस्ताव लिएर गयो । पहाडले भनेछ- 'हुन त म सुर्यभन्दा ठुलो हुँ तर के गर्नु मलाई पनि मुसाले छेडिदिन्छ ।' अन्तमा मुसाले हार खाएर सबैभन्दा ठुलो मुसा नै भएकाले मुसासँगै छोरीको बिहे गराउँछ । यो पुरानो कथा उनले हामीलाई देशको वास्तविकता चिनाउन सुनाएका थिए । हामी आफुभित्र भएको शक्ति र क्षमतालाई चिनिरहेका छैनौं ।
> 'रुल अफ ल नभएको देशमा बीमा कम्पनी चलाउनुजस्तो कठिन केही नहुने' ठम्याई छ उनको । पछिल्लो २ बर्षदेखि उनी बिमा बजारमा प्रतिस्पर्धा गरिरहेका छन् । तर यसबीचमा उनले धेरै उतारचढाव भोगीसकेछन् ।
> उनले अनुमानमै एउटा तथ्याङ्क केलाए- 'यसबर्ष सडक दुर्घटनाबाट मर्नेहरुको संख्या निकै बढेको छ ।' हामी अचम्ममा पर्यौं उनी बीमा कम्पनीका सिइओ हुन् तर ट्राफिक तथ्यांक केलाइरहेका छन् । उनसँग यस्ता दुर्घटनाका थुप्र्रै कथाहरु छन् । प्रहरी राजनीतिक दल र व्यवशायी सबै मिलेर दुर्घटनाका कृतिम किस्साहरु तयार पारेका प्रमाण पनि छन् ।
> पत्रिकाका पाना पल्टाउँछन् । समाचारमा देखिन्छ बसको छतबाट खसेर यात्रु मरेको खबर । तर प्रहरी मुचुल्कादेखि गाविसको पत्रसम्ममा लेखिएको हुन्छ- गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यूका कथा । एउटै व्यक्ति एउटै घट्नामा बसको यात्रु र पैदल यात्रु कसरी बन्न सक्छ हो यही प्रश्नले उनको दिमागमा रन्को छुट्छ । तर के गर्नु, 'लिखितमको अगाडी बकितमको के काम?' भन्ने लोकोक्ति सम्झेर चित्त बुझाउँछन् ।
> उनी हुन- बिजयबहादुर शाह । नेपालको चर्चित ननलाइफ इन्सुरेन्स कम्पनी एनएलजी इन्सुरेन्सका सिइओ । हामी पुग्दा उनको टेबलमा 'इन्सुरेन्स क्लेम'का फाइलका खात थियो । चिया नखाई कुरा नगर्ने उनको 'कर्पोरेट स्टाइल'लाई हामीले पनि अनुशरण गर्यौं ।
> हाम्रो जिज्ञाशामा उनले जिकिर गरे- 'थर्ड पार्टी इन्सुरेन्सको नियमले सडक दुर्घटना बढाएको छ ।' उनी भन्दै गए हामी सुनिरह्यौं - पहिले थर्ड पार्टी इन्सुरेन्सको बाध्यात्मक व्यवस्था नहुँदा गाडी साहु र ड्राइभरले नै सबै व्यहोर्नुपथ्र्यो । त्यतिबेला उनीहरु बढी सचेत थिए । तर अहिले दुर्घटनाको जिम्मेवारीबाट उनीहरु आफु मुक्त भएको ठान्छन् र जोखिम लिन्छन् ।
-'मान्छे मरे पनि इन्सुरेन्सले तिरिहाल्छ नि !' भन्ने सोचाइ हावी छ । जसले इन्सुरेन्स कम्पनीहरुलाई मार मात्रै परेको छैन समग्र सामाजिक संरचना र सभ्यतामै असर पर्दैछ ।
> सरकारले राजमार्गमा स-साना दुर्घटनामा पनि चक्का जाम गर्ने अवथा बनेपछि तेस्रो पक्ष बीमाको अवधारणा ल्याएको थियो । त्यसअघि हरेक दुर्घटनाका बेला सरकारले चर्को क्षतिपूर्ती व्यहोर्ने सहमति गरेपछि मात्र राजमार्गको जाम खुल्ने गरेको थियो । यसपछि सडक दुर्घटनामा पैदल यात्रुको मृत्यू भएमा ५ लाख क्षतिपूर्ती दिने प्रावधान छ । तर पछिल्लो समय सबैको मिलेमतोमा इन्सुरेन्स कम्पनीलाई फसाउने नियतले काम भैरहेकोमा शाहको गुनासो छ ।
> 'इन्सुरेन्स कम्पनी भनेका त 'कुबेर' हुन यीनीहरुसँग जति असुले पनि हुन्छ भन्ने मान्यता समाजका बरिष्ठ भनाउँदाहरुसँग समेत छ !शाहले आफ्नो गुनासो पोख्ने क्रममा भने- 'सरकारले समेत थेग्न नसकेपछि हामीलाई जिम्मा दिइयो तर हाम्रो पनि लिमिटेसन हुन्छ भन्ने कुरा तिनै सरकारी अधिकारीहरुले समेत बुझ्न सकेका छैनन् ।'
> ट्रयाक्टरबाट खसेर मरेको व्यक्तिलाई समेत तेस्रो पक्ष बीमाको क्लेम गरेर पठाइएको छ । उनी भन्छन - 'सरकारी सयन्त्रले तयार पारेर पठाएको कागजातमा बिश्वास गर्ने कि नगर्ने !' यसको मुल कारण नै यात्रु बीमा र तेस्रो पक्ष बीमाको रकम फरक हो ।
- हालको नियमले सवारी यात्रुको मृत्यूमा ५ हजार र पैदलयात्रुको मृत्यूमा ५ लाख क्षतीपूर्ती दिइने गरिन्छ । उनी भन्छन- 'टिकट काटेर गाडीमा यात्रा गर्ने त्यो बिचरा यात्रुको के दोष ? मरेपछि उसको परिवारलाई केही बढी रकम दिलाउन गलत रिपोर्ट बनाएर उसको आत्मसम्मानमाथि प्रहार भैरहेको छ ।'
> उनलाई सरकार र बीमा समितिले बनाइदिएको नियमकै कारण सरकारी अधिकारीहरु नै भ्रष्ट हुन्छन कि भन्ने चिन्ता पनि छ । किनभने ५० हजारको बीमा रकम पाउने यात्रुलाई नक्कली मुचुल्का बनाएर थर्ड पार्टी बनाइदिँदा ५ लाख आउने हुन्छ । यसमा हुने लेनदेनको अनुमान धेरैले गरेका छैनन् ।
> यस्तै रहिरहेमा कुनैबेला सबै कम्पनी मिलेर 'थर्ड पार्टी इन्सुरेन्स' नगर्ने अवस्था पनि आउन सक्ने अनुमान उनको छ ।
> यतिखेर नेपालमा १७ वटा जनरल इन्सुरेन्स कम्पनीहरु छन् । मुलुकभरको कुल कारोवार ५ अर्बको । २ करोडमा स्थापना भएर हाल १० करोड पुँजीमा चलिरहेका बीमा कम्पनीहरुलाई नयाँ ऐनमा ५० करोडको पुँजी पुर्याउनुपर्ने प्रस्ताव गरिदैंछ । यस हिसावले हालकै कम्पनीहरुले मात्रै साढे ८ अर्ब त चुक्तापुँजी नै जम्मा पार्नुपर्छ फेरी नयाँ पाइपलाइनमा रहेका कम्पनी पनि थुपै्र छन् ।
'८-१० अर्ब लगानी गरेर बर्षभरीमा ५ अर्बको कारोवार गरेर बस्ने अनि त्यसबाट नाफा कति कमाउने ?' यो प्रावधानप्रति बिलकुल असहमत शाहले भने 'बरु चुक्तापुँजीको आाधारमा कारोवारको सीमा तोकिदिँदा राम्रो हुन्छ ।' हाल बैंकहरुमा पनि यस्तै प्रावधान छ ।
> एनएलजी इन्सुरेन्स अहिले नेपालमा १७ निर्जिवन बीमा कम्पनीमध्ये दोस्रो नम्बरमा छ । एभरेष्ट इन्सुरेन्सको बिजनेस धेरै भए पनि उसले हवाइ इन्सुरेन्स गरेका कारण जोखिम धेरै लिएको मानिन्छ जबकी नेपालका अन्य कम्पनीले हवाइ बीमा गर्दैनन् । 'हवाई बीमा नगर्ने हो भने हामी र एभरेष्ट बराबरीमा छौं यस हिसावले हामी नेपालको टप कम्पनीमा पछौ', शाहको दाबी छ ।
> नेशनल लाइफ एण्ड जनरल इन्सुरेन्स कम्पनीबाट छुट्टीएर सहायक कम्पनीको रुपमा काम गरिरहेको एनएलजी इन्सुरेन्समार्फत बीमा बजारमा छिरेका शाहका लागि यो बिलकुलै नयाँ क्षेत्र भने होइन । उनी १२ बर्ष सूर्य टोबाको कम्पनीमा फाइनान्स डाइरेक्टर थिए । त्यसपछि गोर्खा ब्रुअरी महेन्द्र प्रकृति संरक्षण कोषको बित्त प्रमुख र नेशनल इन्भेष्टमेन्ट कम्पनीको सिइओ हुँदै उनी बीमा बजारको मैदानमा प्रतिस्पर्धा गर्न उत्रिएका हुन् ।<
> 'पहिले अघिल्लो टेबलमा बसेर इन्सुरेन्स गराउन बार्गेनिङ गर्थें अहिले सामुन्ने बसेर इन्सुरेन्स पोलीसी बेच्न बार्गेनिङ गर्छु', उनले आफ्नो फेरिएको 'जब-नेचर' बारे बताए ।
> इन्सुरेन्स कम्पनीले पि्रमियम उठाएर फाइदा गर्ने होइन लगानीबाट गर्ने हो तर अहिलेको नियमले लगानी गर्ने सिमालाई धेरै बाँधेको छ । धितोपत्र बोर्डको छलफलमा सेयर बजार उकास्न संस्थागत लगानीकर्तालाई भित्र्याउने निर्णय गरेको सुन्दा उनलाई हाँसो उठ्छ । 'हाम्रो ५५ करोडको लगानी छ । यसमा ५ प्रतिशतमात्र सेयर तथा बण्डमा लगानी गर्न पाइन्छ यस हिसावले २ करोडको सेयर किनेर कसरी बजार उकालो लाग्छ उनको सुझाव छ - 'पहिले बीमा समितिले लगानी सिमा बढाउनुपर्यो ।'
> तपाइँसँगचाहि कति सेयर छ ? 'मेरो व्यक्तिगत लगानीबारे त भन्दिनँ बरु कम्पनीकोचाहिँ भनिदिन्छु ।' उनले रिपोर्टको फाइल पल्टाए र भने - 'जम्मा १३० कित्ता सनराइज बैंकको । त्यो पनि आइपिओमा परेको ।'
> इन्सुरेन्स कम्पनीको बिजनेस अहिलेसम्म बैंकहरुमै बढी निर्भर छ । किन त ? - 'नेपालमा स्वेच्छाले कसैले बीमा गर्दैन कानुनले बाध्य नपारेसम्म बीमा गर्ने संस्कार छैन', उनले भने- 'विदेशमा भए आमाको पेटमा हुँदादेखि नै बीमामा आवद्ध हुन्छन् ।'
- नेपालको बीमा बजार स्याचुरेसनको स्थितीमा पुगेको हो त ? हाम्रो यो प्रश्नमा उनले भने- 'बजार बिस्तार गर्नसक्ने धेरै ठाउँ छन् । यसका लागि प्रविधीसँग नजिकिनु पर्ने धारणा छ उनको ।
> सरकारले बैंक र बीमा कम्पनी गाउँ गएन भनेर आलोचना गरेको छ नि यो जिज्ञाशामा उनको धेरै प्रश्न छ, 'कसरी जाने ? सरकारले खुला गर्देमा जान सकिन्छ र ? सगरमाथा चढ्न खुला गरेको कति भयो कतिजना गएका छन ? सरकारले कडाइ गरेर बाध्य बनाउने होइन वातावरण सिर्जना गर्ने हो ।'
> अधिकांश कम्पनीहरुको मुख्य बजार मोटर बीमा रहेको सन्दर्भमा विजयले गाउँतिर शाखा खोल्ने योजना बनाएका छन् । उनको प्रविधी सपनाले काठमाडौंकेन्द्रीत बीमाबजारलाई हिमालका चौंरीगोठदेखि तराइका धानबालीसमेतलाई समेट्नेछ । बैंकहरुले ल्याएको प्रबिधीबाट बीमा कम्पनीले फाइदा लिनुपर्ने धारणा उनको छ ।
'मोबाइल मनि मार्फत् पि्रमियमदेखि क्षतीपूर्ती पनि अनलाइनबाटै भुक्तानी गर्ने स्किम' उनको दिमागमा छ । 'मुस्ताङमा पर्यटक बोक्ने घोडादेखि सोलुमा चिज उत्पादन गर्ने चौंरीको बीमा यसरी गर्न सकिन्छ', उनले आफ्ना सपना सेयर गरे !
- 'इन्टरनेटमा पोलीसी बेच्न सकिन्छ मोबाइलबाट भुक्तानी गर्न सकिन्छ ।', नेपालको ९५ प्रतिशत भागमा टेलिफोनको पहुँच पुगेको समाचार आएपछि हौसिएका उनले योजना बनाइहाले । तर उनको यो प्रविधी सपनाले मुर्त रुप पाउन भने धेरै काम बाँकी छ ।
- मुलुकमा कानुनी राज नभएको अवस्थामा राज्य संयन्त्रहरु बिश्वास र भरोशायोग्य छैनन् । अनि पढेलेखेका सबै विदेशीएर महिला र बुढाबुढीमात्र रहेको गाउँमा प्रविधीसँग नजिक रहेका मान्छे भटिदैंनन् । यस्तो समस्यामा उनले आइडिया फुराएका छन 'गाउँ गाउँमा रहेका बैंकिङ र सहकारी च्यानलमार्फत जाने ।'
प्रविधीकेन्द्रीत अरु आइडियाहरु भन्नुस न ? हाम्रो अन्तिम प्रश्नमा झसङ्ग हुँदै भने- 'एउटा सिइओले मिडियालाई कसरी बिजनेस आइडियाहरु भन्छ ? अघि भनेको पनि गलत पो भयो की !
Monday, December 13, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment