Friday, December 3, 2010

३ अर्व रुपैयाँको रञ्जना ट्रेड सेन्टर : एकै दिनमा बुकिङ सकियो

विजान अधिकारी, काठमाडौं, मंसिर १६ - राजधानीको व्यस्त व्यापारिक केन्द्र न्युरोडमा रञ्जना हल भत्काएर तयार हुन लागेको रञ्जना ट्रेड सेन्टरको सबै क्षेत्रफल एकै दिनमा बुकिङ भएको छ। ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा तयार हुन लागेको व्यापारिक कम्प्लेक्सका क्षेत्रफल एकै दिन बिक्री भएको सम्भवत यो नै पहिलो हो। कम्प्लेक्समा वित्तिय संस्था, बिमा, विभिन्, थोक, गरगहना, रेस्टुरेन्ट, फुडकोर्ट, बालबालिका खेल्ने सुविधालगायत रहने बताइएको छ।

'एकै दिनमा सबै क्षेत्रफल बुकिङ भएको छ। एकैदिनमा यसरी सबै बुकिङ हुनु ऐतिहासिक हो,' कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

मुलुकको स्थापित व्यवसायी समूहहरुको लगानीमा यो व्यापारिक केन्द्र निर्माण हुन लागेको हो। ६ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको यो व्यापारिक केन्द्रमा निशुल्क वाईफाई सुविधा, सीसीटीभी, चौविसै घन्टा सुरक्षा लगायतका सुविधा छन्। कम्पनीले तीस महिनाभित्र व्यापारिक केन्द्र निर्माण गरेर हस्तान्तरण गर्ने दावी गरेको छ।

'कम्पनीले तीस महिनाभित्र निर्माण पूरा गरेर ग्राहकलाई जिम्मा लगाउनेछ,' कम्पनीद्रारा जारी विज्ञप्तिमा भनिएको छ।

http://www.nagariknews.com/economy/industries/20976-2010-12-02-14-26-11.html

No comments:

Post a Comment