Thursday, August 4, 2011

लघुबिमाको सीमा निर्धारण

काठमाडौं, १७ साउन

सरकारले असोजबाट सुरु गर्ने भनेको लघुबिमा कार्यक्रमको सीमा सार्वजनिक गरेको छ । बिमा समितिको पहलमा सुरु भएको यो कार्यक्रममा लघुबिमाले समेटेका ११ कार्यक्रममध्ये पशु र लघुवित्तको क्षेत्रमा लगानी भएको १ लाख रुपैयाँसम्मको ऋण र अन्य क्षेत्रमा ५० हजार रुपैयाँसम्मको ऋणलाई लघुबिमा भित्र राखिने भएको छ ।

बिमा समितिका प्रवक्ता एव लघुबिमा उप–समितीका सदस्य सचिव शेखर अर्यालकाअनुसार बिमा कम्पनीहरूले पहिलेदेखि नै सञ्चालन गरिरहेका कार्यक्रमलाई वैधानिकता दिन पनि यो कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो । यस कार्यक्रमले पहिलो चरणमा ११ वटा क्षेत्रको सीमा निर्धारण गरेको छ । यस्तै साना क्षेत्रमा जाने विभिन्न कर्जाको रकम पनि त्यति नै निर्धारण गरिएको छ । जीवन बिमा (सर्वाधिक÷म्यादी), दुर्घटना, स्वास्थ्योपचार, बाली, पशु, दुग्ध तथा मासुजन्य उत्पादन, साना आयोजना, साना व्यवसाय, भवन र स्वचालित अन्य सवारी साधनमा भएको लगानीलाई लघुबिमाको क्षेत्रमा समेटेको छ ।

त्यसैगरी लघुबिमा क्षेत्रमा भएको बिमालाई पुनर्बिमा कसरी गर्ने भन्नेबारेमा पनि समितिले छलफल अघि बढाएको छ । अर्यालका अनुसार यस विषयमा भारतलगायतका विभिन्न मुलुकका पुनर्बिमा कम्पनीसँग छलफल भइरहेको छ । लघुबिमा व्यवस्थापन कोष सञ्चालनका लागि समितिले विनोद अर्यालको संयोजकत्वमा ७ सदस्यीय उपसमिति बनाएको छ । यो उपसमितिमा जीवन र निर्जीवन बिमा कम्पनीका सञ्चालक तथा प्रमुखलाई सदस्य बनाइएको छ । बिमा समितिका निर्देशक डा. अनिल भट्टराई, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप्तप्रकाश पाण्डे, नेसनल इन्स्योरेन्सका जे घोष, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एस के तमोट, नेसनल लाइफ इन्स्योरेन्सका भरत बस्नेत सदस्य र सदस्य–सचिवमा प्रवक्ता विनोद अर्याल छन् । सरकारले यस पटकको बजेटमार्फत लघुबिमाको कार्यक्रम सार्वजनिक गरेको थियोे । यस कार्यक्रमको मुख्य उद्देश्य सामाजिक सुरक्षाको माध्यमबाट गरिबी निवारण गर्नु हो ।

http://www.karobardaily.com/news/9548

No comments:

Post a Comment