एक दशक अघि एसएलसी उत्तीर्ण गरेपछि अध्ययन र जागिरको सपना बोकेर ओखलढुङ्गा कुन्तादेवीबाट राजधानी छिरेका मनोज दाहालले बिमा अभिकर्ताको तालिम लिए । पैसा कमाउने र आˆनो पढाइ खर्च चलाउनका लागि हौसिएर यो व्यवसायमा लागेका उनको सपना दुई महिना पनि टिक्न सकेन । केही साथीभाइ र आफन्तको बिमा गराएका उनले यो पेसामा टिक्न नसकेका कारण वैकल्पिक पेसा रोज्न बाध्य भएँ, उनी भन्छन्- त्यो पेसामा टिक्न कठिन रहेछ ।
दाहालजस्तै बिमा अभिकर्ता भएपछि रातारात कमाइन्छ भन्ने भ्रम बोकेर यो पेसामा छिर्नेको लर्को निकै लामो छ । बिमा अभिकर्ता भएपछि केही गर्न नसकेर वा समयदिन नसकेर निस्त्रिmय बन्नेहरूको सङ्ख्या पनि उत्तिकै ठूलो छ । अभिकर्ताको तालिम लियो अनि बिमा गराउनका लागि एक-दुई महिना ग्राहक खोज्दै हिँड्यो अनि पलायन भयो, अहिले धेरे अभिकर्ताको यथार्थ हो । बिमा समितिको तथ्याङ्क अनुसार बिमा अभिकर्ताका लागि हालसम्म एक लाखभन्दा बढीले इज्जत लिइसकेका छन् । त्यसमध्ये करिब ३२ हजार अभिकर्ताहरू मात्र अहिले क्रियाशील छन् । सामान्य योग्यता अर्थात् एसएलसी उत्तीर्ण भएपछि अभिकर्ता हुन पाइने प्रावधान छ । छिर्न जति सजिलो छ काम गर्न उत्तिकै अˆठ्यारो भएका कारण यसैलाई दीर्घकालीन पेसा/व्यवसायको रूपमा अगाडि बढाउन नसकेको अभिकर्ताहरू बताउँछन् । अभिकर्तामार्फत व्यवसायले उच्चतम सफलता प्राप्त गर्ने हुँदाहुँदै पनि इज्जत लिएर निष्त्रिmय भएर बसेका अभिकर्तालाई कम्पनीहरूले सक्रिय बनाउन सकेका छैनन् ।
समग्र बिमा व्यवसायको विकास र विस्तारलाई बलियो बनाउनका लागि उल्लेखनीय भूमिका निर्वाह गरिरहेका यस्ता अभिकर्ताहरूलाई नै उनीहरू आवद्ध कम्पनी तथा संस्थाले बिमा गराउँदैनन् ।
बिमा गराएबापत अभिकर्ताले बिमाको प्रकृति अनुसार पाँचदेखि २५ प्रतिशतसम्म कमिसन पाउँछन् । 'खाउँ भने दिनभरको शिकार, नखाउँ भने कान्छा बाको अनुहार' भन्ने उखान जस्तै यही कमिसनमा पनि राज्यले १५ प्रतिशत अगि्रम कर लिने गरेका कारण यसतर्फको आकर्षण घटेको अभिकर्ताहरू बताउँछन् । वैदेशिक रोजगार व्यवसायबाट प्राप्त भएको आम्दानीको पाँच प्रतिशत मात्र कर लिने व्यवस्था गरेकोमा बिमा अभिकर्ताका लागि भने १५ प्रतिशत अगि्रम कर लिने गरेका कारण समस्या आएको उनीहरूको भनाइ छ । कमिसनको आम्दानीमा अडिएको अभिकर्ताको पेसालाई जोगाउन बिमा क्षेत्रमै अनेक सुधारको खाँचो भएको जानकारहरू बताउँछन् । एक तथ्याङ्क अनुसार जीवन बिमा गर्ने नेपालीको सङ्ख्या कुल जनसङ्ख्याको करिब पाँच प्रतिशत रहेको छ । यसमा अधिकांश सहरबजारको जनसङ्ख्या रहेको छ । बिमा कम्पनीको सङ्ख्या थपिँदै जाँदा यसमा आवद्ध रहेको बिमा अभिकर्ताहरू भने अलपत्र अवस्थामा छ । मुलुकमा अहिले जीवन बिमा गर्ने आठ, निर्जीवन बिमा गर्ने १६ र जीवन तथा निर्जीवन बिमा गर्ने राष्ट्रिय बिमा संस्थानसमेत २५ वटा कम्पनी छन् । नेपालमा वि.सं.२००४ सालदेखि सुरु भएको बिमा व्यवसाय अझै सुदृढ हुन सकेको छैन । कम्पनीले जीवन बिमा गराउन ग्राहकहरूलाई अभिकर्ताद्वारा गराउन सुझाव दिन्छन् सिधै बिमा गराउँदा अभिकर्ताबाट पाउन सक्ने सुविधाबाट वञ्चित हुने बताउँछन् तर यसका लागि कम्पनीहरूले अभिकर्तालाई त्यस्तै किसिमको हैसियत प्रदान गर्नसमेत कन्जुस्याइर्ं गरिरहेको देखिन्छ । अभिकर्ता कार्यरत रहेको कम्पनीमा अभिकर्ताको बारेमा बुझ्न खोज्दा समेत कुनै जानकारी नपाइने परम्परा कायमै छ ।
नेपालको बिमा उद्योगलाई आधुनिकीकरण दिशामा लैजाने उद्देश्यका साथ समितिले काम गरिरहेको बिमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसी बताउनुहुन्छ । बिमा उद्योग फस्टाए त्यसको लाभ सरोकार निकाय सबैले पाउने भएकाले यसमा अभिकर्तालाई पनि कसरी समेटेर लैजान सकिन्छ त्यसका लागि समिति त्यसतर्फ क्रियाशील रहेको उहाँको भनाइ छ । सामाजिक सुरक्षाका साथै अर्थतन्त्रको विकासमा बिमा व्यवसाय जोडिएको हुँदा सीमित स्वार्थभन्दा पनि बृहत्तर हितका लागि काम गर्नु अहिलेको आवश्यकता भएको उहाँको मत छ ।
बिमा उद्योगका मेरुदण्ड बनेका अभिकर्ताको मिहिनेतको मूल्य कम्पनीले ख्याल गर्नुपर्ने पेसागत बिमा अभिकर्ता सङ्घका अध्यक्ष कपिलदेव ओलीको भनाइ छ । बिमाको शिक्षा र चेतना वृद्धितर्फ कम्पनी तथा संस्थाहरू क्रियाशील हुनुपर्ने भन्दै उहाँले बिमा समितिले पनि यो विषयलाई अझ व्यापक बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सङ्घका अध्यक्ष ओलीका अनुसार बिमा व्यवसायमा जस्तोसुकै संस्थाले पनि संस्थागत अभिकर्ताको काम गर्न पाउने भएकाले थप चुनौती बढेको छ । बिमाकै क्षेत्रमा काम गर्ने संस्थालाई मात्र अभिकर्ताको काम गर्न दिनुपर्छ भन्ने उहाँले माग गर्नुहुन्छ । बिमा समितिको गत चैतसम्मको तथ्याङ्क अनुसार ३८ वटा ओभरसिज, बैंक, वित्तीय संस्था, सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सेक्युरिटिज कम्पनी, यातायात उद्ययमशीलता तथा मजदूर कल्याणकारी कोष, सहकारी संस्था लिमिटेड, फाइनान्स कम्पनी, ट्रेनिङ इन्ष्िटच्युट, यातायात व्यवसायी संघलगायतका कम्पनी तथा संस्थाहरूले संस्थागत अभिकर्ताको काम गर्दै आएका छन् । जीवन बिमामा कुनै एकजनालाई बिमा गराएपछि अभिकर्ताले १० वर्षसम्म मात्र कमिसन पाउँछन् । अध्यक्ष ओली त्यसलाई बढाउनुपर्ने माग गर्नुहुन्छ । अहिले पनि धेरै बीमितलाई बिमा गर्नुको उद्देश्य समेत प्रस्ट भएको देखिँदैन । बिमा गराउने अभिकर्तामा पनि बीमितका आवश्यकता बुझेर उनीहरूलाई सन्तुष्ट गरी बिमा गराउने चलन पनि कमै देखिएको छ ।
बचत, लगानी, वित्तीय योजना, कर छूटका सुविधा, अत्यधिक खर्च गर्ने बानीलाई नियन्त्रण र जीवनमा आइपर्ने वित्तीय समस्या समाधान गर्ने उपायका रूपमा बिमालाई जनतामाझ बुझाउनु जरुरी भएको जानकारहरू बताउँछन् । अधिकांश बिमा अभिकर्ताले बिमा गरिएमा मरेपछि आˆना आफन्तले पैसा पाउँछ भन्ने गरेका हुन्छन् ।
बिमामा व्यवहारिक शिक्षा हालसम्म कुनै नियमन निकाय, संस्था तथा बिमा अभिकर्ताले दिन सकेका छैनन् । बिमा गराएर एकपटक पि्रमियम लिनु ठूलो कुरा होइन । बिमा अभिकर्ताका रूपमा एसएलसी मात्र पास भएको जनशक्तिले नपुग्ने अध्यक्ष ओली बताउनुहुन्छ । बिमा एक जोखिमसँग सम्बन्धित विषय भएकोले यो कहिले, कहाँ, कसरी र कतिबेला हुन्छ भन्ने कुरा अनिश्चित हुन्छ । जीवन बिमाअन्तर्गत आइपर्ने सम्भावित जोखिमहरूका कारण अर्थिक क्षति भएमा कम्पनीले वहन गर्ने गर्छ । यसरी जीवन बिमा गर्दा व्यक्तिको जोखिम कम्पनीले बहन गर्ने भएकोले यसलाई एक जोखिम हस्तान्तरण गर्ने प्रक्रियाको रूपमा लिन सकिन्छ । जीवन बिमा भनेको बीमक र बिमित बीच गरिने एक किसिमको करारपत्र हो भन्ने कुरालाई बिमा अभिकर्ताहरूले बुझाउन जरुरी हुन्छ जुन पर्याप्त मात्रामा हुन नसकेको बताइन्छ ।
अनेक कारणले हुन सक्छ, बिमाको महìव र यसका फाइदा बुझाएरभन्दा नियमित दबाब र करकाप गरेर बिमा गराउने प्रचलन बढी छ । बिमा अभिकर्ताको आचारसंहितामा करकापलाई दण्डनीय मानिएको छ तर त्यसको कार्यान्वयन हुन सकेको छैन । बिमा शिक्षामा जोड दिई अभिकर्ताको सीप, क्षमता र योग्यता बढाउनुपर्ने स्वयं अभिकर्ताहरू सहमत छन् । बिमा समितिका अध्यक्ष प्रा.डा. केसी भन्नुहुन्छ- अभिकर्ताहरूको क्षमता अभिवृद्धिमा समिति लागिरहेको छ । अभिकर्ताहरू यो व्यवसायका सद्भावना दूत नै हुन् । उनीहज्ञको हितमा नलाग्ने भन्ने हुन्न ।' मुलुकको कुल ग्राहस्र्थ उत्पादनमा अहिले बिमा क्षेत्रको साढे दुई प्रतिशत योगदान रहेको छ ।
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=50135&cat_id=19
Sunday, May 15, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment