Sunday, May 15, 2011

बिमा समिति ४२औँ वर्षमा

काठमाडौँ, वैशाख ३१ गते । मुलुकको बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समिति आजबाट ४२औँ वर्षमा प्रवेश गरेको छ । वि.स.ं २०२५ सालमा बिमा समिति ऐन आएपछि २०२६ साल जेठ १ गते पहिलोपटक बसेको बिमा समितिको बैठकलाई बिमा समितिको जन्म मानेर स्थापना दिवस मनाइन्छ । बिमा समितिको वाषिर्कोत्सव अवसरमा विभिन्न महानुभावहरूले शुभकामना सन्देश दिनुभएको छ । त्यस अवसरमा दिनुभएको शुभकामनामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले बिमासँग सम्बद्ध सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

अर्थमन्त्री अधिकारीले बिमा व्यवसायलाई स्वस्थ, गुणस्तरीय, प्रतिस्पर्धी, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न सक्ने बनाउन समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यसै अवसरमा अर्थसचिव कृष्णहरि बास्कोटाले सीमित स्रोत हुँदाहुँदै पनि बिमा क्षेत्रलाई व्यवस्थित, नियमित, विकसित र प्रभावकारी बनाउन समितिले निर्वाह गरिरहेको भूमिकाको सराहना गर्नुभएको छ । बिमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले बिमा व्यवसायको उत्थानको निम्ति समिति प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसैअवसरमा गोरखापत्र दैनिकले आठ पृष्ठको बिमा विशेष समेत प्रकाशित गरेको छ ।

http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=50136&cat_id=19

No comments:

Post a Comment