Thursday, October 13, 2011

निक्षेप बीमाबाट तरलतामा थप सुधार हुने अपेक्षा

काठमाडौँ, असोज ४ गते । सरकारले बैङ्क तथा वित्तीय संस्थामा रहेको जनताको पाँच लाख रुपियाँसम्मको निक्षेपलाई कर्जा सुरक्षण निगममार्फत सुरक्षाको प्रत्याभूति दिने भएपछि त्यसले बैङ्कहरूमा निक्षेप बढ्ने र तरलताको समस्यामा सुधार हुने विश्वास गरिएको छ ।

विगतमा नेपाल विकास बैङ्क, सम्झना फाइनान्स, पिपुल्स फाइनान्स, नेपाल सेयर मार्केट्स लि, गोरखा विकास बैङ्क र हालै आएर सीएमबी फाइनान्सजस्ता वित्तीय संस्थाहरू विविध कारणले एकाएक सङ्कटग्रस्त बने । त्यसपछि त्यस्ता संस्थामा निक्षेप राख्नेहरूले आफै रकम झिक्न पनि लामो लाइन बस्नुपर्ने र धेरै समय पर्खेर सानो-सानो रकम भिक्न बाध्य हुने अवस्थाले निक्षेपकर्ता निकै डराएका बेला निक्षेपको सुरक्षाको प्रत्याभूति हुने कुराले निक्षेपमा सुधार हुने अपेक्षा गरिएको हो ।

सरकारले साना निक्षेपकर्ताको सुरक्षाका लागि ल्याएको विशेष कार्यक्रमअन्तर्गत पाँच लाखसम्मको निक्षेप सुरक्षा हुने भनिए पनि धेरै बैङ्क तथा वित्तीय संस्थाहरू भने त्यस्तो सुरक्षाको प्रत्याभूति दिनेतर्फ भन्दा निक्षेपमा चर्को ब्याज प्रदान गर्दै विभिन्न आकर्षक योजना ल्याउन केन्दि्रत छन् । नयाँ कार्यक्रममार्फत निक्षेप बढाउने लागेकाले निक्षेपकर्ताले कुनै पनि बैङ्क तथा वित्तीय संस्था त्यस्तो सुरक्षामा सहभागी भए नभएको बुझेर मात्र आˆनो पुँजी जम्मा गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

हाल कर्जा सुरक्षण निगमले बैङ्क तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिले मुद्दती र बचत खाता खोली जम्मा गरेको प्रतिव्यक्ति दुई लाख रुपियाँसम्मको निक्षेपमा सुरक्षण गर्दै आएको भए पनि सरकारले बजेट वक्तव्यमार्फत त्यस्तो सुरक्षणलाई रू. पाँच लाख पुर्‍याइने धोषणा गरिएकोले हाल सरकारको सो नीति कार्यान्वयनका लागि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

हाल जनताको दुई लाखसम्मको निक्षेपको सुरक्षाका लागि बैङ्क तथा वित्तीय संस्थाले कर्जा सुरक्षण निगमलाई वाषिर्क शून्य दशमलव दुई प्रतिशतको दरले सुरक्षण दस्तुर बुझाउनुपर्ने व्यवस्था रहेको र यस्तो सुरक्षण गरिएको संस्था कुनै कारणवश विघटन भएमा लिक्वीडेटरमार्फत भुक्तानी दिने व्यवस्था मिलाइएको छ ।

हाल वाणिज्य बैङ्क, विकास बैङ्क, फाइनान्स कम्पनी र लघुवित्त संस्थासमेत गरी १५० भन्दा बढी संस्थाको करिब ५५ अर्ब रुपियाँको निक्षेप सुरक्षण गरिएको भए पनि धेरैले त्यस्तो सुरक्षण गर्ने क्रमलाई निरन्तरता दिने विश्वास गरिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूमा हाल साढे आठ खर्बभन्दा बढी निक्षेप रहेको सन्दर्भमा सुरक्षण भएको रकम निकै न्यून भएको बताइएको छ ।

http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=56958&cat_id=19

No comments:

Post a Comment