Tuesday, August 10, 2010

--थपिदैछन बिमा कम्पनी --

-- नेपाली बीमा बजारमा विभिन्न १३ बीमा कम्पनी थपिने भएका छन् । ८ जीवन र ५ गैरजीवन बीमा कम्पनी थपिने भएका हुन् । वित्तीय कम्पनी र व्यवसायिक घरानाहरुको लगानीमा स्थापना हुन लागेका ती बीमा कम्पनी बीमा समितिबाट कारोवार स्वीकृतिको पर्खाइमा छन् । तर विमा ऐन र नियमावली संशोधनको तयारी भैरहेको भन्दै विमा समितिले यीनीहरुलाई साचालन अनुमति दिएको छैन ।

जीवन बीमा कारोवारका लागि सिटिजन्स स्टार सन नेपाल सानिमा रिलायवल आइएमए रिलायन्स र स्टान्डर्ड जीवन बीमा कम्पनीले आवेदन दिएका छन् । सानिमा आइडल जनरल इन्स्योरेन्स अजोड र मनकामनाले गैरजीवन बीमा कम्पनी साचालनका लागि बीमा समितिमा आवेदन दिएका छन् ।

जीवन बीमा कम्पनीका लागि समितिले सबै प्रकृया पूरा गरेपछि अर्थमन्त्रालयमा सिफारिस गर्नु पर्दछ । समितिको सिफारिसमा मन्त्रालयले आवश्यक अनुसन्धान गरेर मात्र सम्वन्धित कम्पनीलाई कारोवार अनुमति दिने गर्दछ । गैरजीवनलाई भने समिति आफैलै स्वीकृति दिने गर्दछ ।

सिटिजन्स् लाइफ इन्स्योरेन्स कम्पनीलाई शशिकान्त अग्रवालको शिखर समुहले प्रवद्र्धन गरेको बीमा समिति स्रोतले बतायो । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई केडिया ग्रुपले प्रवद्र्धन गरेको छ । गैरआवासीय नेपाली एनआरएन हरुले सानिमा नाम राखेर जीवन र गैरजीवन बीमा कम्पनी साचालनका लागि आवेदन दिएको छ । एनआरएनहरुले सानिमा विकास बैक साचालन गरिरहेका छन् ।


रिलायवल फाइनान्स कम्पनीले रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी साचालनका लागि स्वीकृति माग गरेको छ । सो समुहको नेतृत्व सुजित घिमिरेले गरेका छन् । यस्तै स्टान्डर्ड फाइनान्सले पनि स्टान्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी सन्चालनका लागि स्वीकृति कुरेर वसेको छ ।

स्टार लाइफ इन्स्योरेन्स कम्पनीलाई योगेन्द्र श्रेष्ठले नेतृत्व गरेको नेपाल सेयर मार्केट फाइनान्सले प्रबद्र्धन गरेको छ । जीवन बीमा कम्पनीले दिएको आवेदनमाथि आवश्यक कार्वाही भइरहेको समितिका कानुन अधिकृत राजकुमार अर्यालले बताए । ुप्रकृया पूरा भएपछि अनुमति दिइने छु उनले भने ।


काठमाडौंमा केन्द्रीय कार्यालय रहने गरी ती सबै कम्पनीले बीमा समितिमा आवेदन दिएका छन् । बीमा ऐन अनुसार कम्पनी साचालनका लागि जीवन बीमाको २५ करोड र गैर जीवन बीमाको १० करोड रुपैयाँ चुक्ता पुँजी हुनु पर्दछ । अहिले नेपालमा ९ जीवन र १६ गैरजीवन बीमा कम्पनी साचालनमा छन् । सरकारी स्वामित्वको राट्रिय बीमा संस्थानले जीवन र गैरजीवन दुवै बीमा गर्दै आएको छ ।

यी कम्पनीमध्ये पाँचै गैरजीवन बीमा कम्पनीलाई आवश्यक प्रकृया पूरा गरेर आउन भन्दै बीमा समितिले फर्काएको छ । समितिले पत्र काटी सानिमा आइडल जनरल इन्स्योरेन्स अजोड र मनकामनालाई प्रकृया नपुगेको भन्दै प्रकृया पुर्याएर आउन लिखित अनुरोध गरेको समिति स्रोतले जनाएको छ ।

कम्पनी दर्ता गरी डेढ व&;्रदेखि कारोवार अनुमति पखिर्रहेका ती कम्पनीलाई समितिले पटक पटक प्रकृया पूरा गर्न भन्दै अनुरोध पत्र थमाउने गरेको स्वीकृति पखिर्ररहेका एक गैरजीवन विमा कम्पनीका प्रवद्र्धकले बताए । उने भने बीमा समिति अधिकारीले दुरासय राखेर पटक पटक प्रकृया पुर् याएर आउन भन्ने गरेको छ । उनका अनुसार जति पटक प्रकृया पुर् याएर गए पनि एउटा एउटा बहाना ि;केर फिर्ता पठाउने गरेको छ ।

Source: Share Bazaar

No comments:

Post a Comment