Sunday, April 3, 2011

बीमा सर्भेयरको पेसा मर्यादित र विश्वसनीय बनाउनु जरुरी

काठमाडौँ, चैत १९ गते । बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले बीमा व्यवसायको महìवपूर्ण अङ्क बीमा सर्भेयरहरूको पेसालाई मर्यादित र विश्वसनीय बनाएर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । बीमा सर्भेयर सङ्घ नेपालको शनिबार यहा आयोजित छैटौँ साधारणसभा तथा सङ्घको तेस्रो 'स्मारिका -२०६७' विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले चुनौतीहरू बीचमा काम गर्नुपर्ने बीमा सर्भेयरको व्यवसायलाई विवाद मुक्त र सामाजिक उत्तरदायित्व बोध बनाएर लैजान सके समग्र बीमा व्यवसाय नै फष्टाउने विचार व्यक्त गर्नुभयो ।

बीमा भनेको साँच्चिकै दुःखको साथी हो भन्ने चेतना समाजमा अझै पनि खड्केकोतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, बढ्दै गएको बीमा उद्योगको साथै बढ्दो बीमा दाबीको सङ्ख्याको परिवेशमा बीमा दाबी मूल्याङ्कनकर्ताको भूमिका पनि विशेष रहन्छ ।

आवश्यकता अनुसार सर्भेयरहरूका लागि आवश्यक तालिम तथा पुनर्ताजगीजस्ता कार्यक्रम बीमा समिति र सङ्घको सहकार्यबाट गराइँदै आएकोतर्फ ध्यानाकर्षण गर्दै उहाँले भन्नुभयो, कुनै पनि सर्भेयरले सेन्स नभएका मानिसलाई सर्भेका लागि पठाउँछ भने त्यस्तालाई कारबाही हुन्छ । सो अवसरमा सङ्घ तथा स्मारिका प्रकाशनमा सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

बीमा क्षेत्रको प्रमुख मध्यस्तकर्ताका रूपमा सर्भेयरहरू रहने भए पनि नेपाली बीमा क्षेत्रले व्यवहारमा सर्भेयरहरूको कामको सही मूल्याङ्कन गर्न नसकेको गुनासो सर्भेयरहरूले गर्दै आएका छन् । करिब ३५० को हाराहारीमा ले कामका इजाजत लिएको भए पनि व्यवहारमा भने एक सयभन्दा कम सर्भेयरहरू मात्र सक्रिय रहँदै आएको बताइएको छ ।

कार्यक्रममा सगरमाथा इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर बस्नेत, सङ्घका उपाध्यक्ष मोहनपुरुष ढकाल र अध्यक्ष सूर्यप्रसाद जोशीलगायतले बीमा व्यवसायमा र बीमा सर्भेयरहरूको भूमिकामाथि आˆना धारणा राख्नुभएको थियो ।

http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=48148&cat_id=19

No comments:

Post a Comment